बाजुराको स्वामीकार्तिक गाउँपालिकाको प्याज अत्तरियामा

Image
maya metro

अत्तरिया – सुदूरपश्चिमको पहाडी जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको अर्गानिक प्याज कैलालीको अत्तरिया पुगेको छ ।

स्वामीकार्तिक गाउँपालिकाको बाहुन गाउँमा उत्पादन भएको प्याज बिक्रिकालागि मंगलबार अत्तरिया स्थीत कृषि थोक बजार अत्तरियामा ल्याईएको हो ।

nisarga

प्याज अत्तरियासम्म पुर्याउन भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ढुवानी सहयोग गरेको छ भने कृषि ज्ञान केन्द्र बाजुरा तथा स्वामीकार्तिक गाउँपालिका र बडीमालीका नगरपालिकाले बजारीकरण तथा प्रर्वद्धनकालागि सहयोग गरेका हुन् ।

त्यस्तै स्वामीकार्तिक खापर गाउँपालिकामै रहेको कार्तिक स्वामी बहुउदेश्यीय सहकारी सँस्थाले संकलनकालागि सहयोग गरेको हो । स्वामीकार्तिक खापर गाउँपालिकामा करिब २ सय क्विन्टल प्याज उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मिन प्रसाद जैशीले बताएका छन् ।

आज करिब ४५ क्विन्टल प्याज अत्तरिया ल्याईएको उनले बताए । उनले सडक सुविधा नभएका कारण प्याज ढुवानी समयमा गर्न नपार्ईएको बताए । प्याज उत्पादन हुने सिजनमा वर्षाका कारण ग्रामिण सडकहरु बिग्रीएपछी लामो समय स्टोरमा राख्नु परेको उनले बताए ।

प्याज बजारीकरणमा प्रदेश सरकारको सहयोग रहने कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले बताए । स्थानीय उत्पादनकालागि सुदूरपश्चिममा बजारीकरणको समस्या नभएको उनले बताए ।

सहजरुपमा बजारीकरण गर्न ज्ञान केन्द्रलाई पनि निर्देशन दिईएको उनको भनाई थियो । स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य सामग्री स्वस्थ तथा अर्गानिक हुने भएकोले बिक्रि तथा उपभोग गर्न उनले आग्रह गरे ।