Attariya Hospital Pvt.Ltd.

बारीमा झुलेको नन्दकलाको मिहिनेत

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ गौडिकी ५४ वर्षीय नन्दकला साउँदको बारीमा अचेल लटरम्म टमाटर झुलेका छन् । बोट उठ्नै नसक्ने गरी फलेका टमाटरमा नन्दकलाको मिहिनेत र प्रेम मिसिएको छ । आफुले फलाएको तरकारीको उनलाई असाध्यै माया लाग्छ । बोट थाम्नै नसक्ने गरी फलेको टमाटरलाई उठाईदिने प्रयास गर्दै उनले भनीन् “ मिहिनेत गरे तरकारीबाटै राम्रो आम्दानी हुन्छ मलाई त यो बारी छोडेर कतै नजाउँ जस्तो लाग्छ,काम नभएपनि साँझ बिहान एकपटक त बारीमा पुगी नै हाल्छु ।” नन्दकलाले करिब १ कठ्ठामा रोपेको टमाटर अब पाक्न तयार हुदैँ छ ।

टमाटर पाक्न थालेसंगै २५ वर्ष अगाडि गौडिबाट करिब ७ किलोमिटर टाढाको अत्तरिया बजारसम्म डोको र बोरामा बोकेर ४ रुपैँया प्रतिकिलो आलु बेचेको नन्दकला सम्झीन्छीन् । “डोकोमा तरकारी लिएर बेच्न हिँड्दा माइतीले देखे के भन्लान जस्तो लाग्थ्यो त्यो बेला त” उनले विगत सम्झीँदै भनीन् । तर अहिले समय परिवर्तन भएको छ । घरैसम्म सडक पुगेको छ । अटो वा गाडीमा बसेर बजारसम्म लैजान सकिन्छ । व्यवसायिकरुपमा तरकारी खेती गरेको समय गन्ती गर्दा जीवनको साढे दुई दशकको समय नाघिसक्यो नन्दकलाको ।

पछील्लो समय उत्कृष्ट कृषकको रुपमा विभीन्न संघ सँस्थाले समेत सम्मान गर्दा यस व्यवसायमा उनको मोह झन् बढिरहेको छ । बिहिबारमात्रै गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको एकता प्रगतिशिल बचत तथा ऋण सहकारी सँस्था लिमिटेडले उनलाई उत्कृष्ट कृषकको रुपमा सम्मान गरेको थियो । उनले आफ्नो र घरखर्चको लागि श्रीमानसंग पैसा माग्नु पर्दैन् । रोजगारीकालागि भारत जाने श्रीमान घर आएको बेला उनलाई तरकारी खेतीमा सहयोग गर्छन् । तरकारी खेती आफ्नो परिवारकालागि आम्दानीको राम्रो श्रोत भएको नन्दकला बताँउछीन् ।

Siddi ganesh
nawajiwan

मौसमी तथा बेमौसमी जातका तरकारी लगाउँदै आएकी उनले अहिले करिब ८ कठ्ठा खेतमा तरकारी रोपेकी छिन् । अहिले उनको बारीमा टमाटर,आलु,बन्दा,काउली,खुर्सानी लगायतका तरकारी उत्पादन भईरहेका छन् । गत भदौमा मात्रै एकै बोट लौकाबाट नौ सय रुपैँया आम्दानी भएको उनले सुनाईन् । उनी बारीबाटै पनि कहिले तरकारी त कहिले बेर्ना बेचिारहेकै हुन्छीन् । शुरुका वर्ष डोकोमा बोकेर बजारमा तरकारी पु¥याउने नन्दकला अहिले घरमै गाडी लिएर तरकारी खरिद गर्न व्यापारी आउँदा दंग पर्छीन् ।

तर बजारका तरकारी व्यवसायीले भारतबाट र्पयाप्त नपाएको बेला मात्रै स्थानीय तरकारीलाई ग्राहिता दिने गरेको उनको अनुभव छ । “बजारका व्यापारीले स्थानीय तरकारी छिटो कुहिन्छ राख्दैनौँ भन्छन् जब भारतबाट आउने तरकारी पाईदैन तब मात्रै एताको खोजी गर्छन्,गाडि लिएर पुग्छन्, नन्दकलाले भनीन् ।” उत्पादीत तरकारीलाई बजारको भने खासै समस्या नरहेको नन्दकलाको अनुभव छ ।

बेमौसमी तरकारी घरबाटै पनि धमाधम बिक्री हुने हुँदा व्यवसायमा झण्झट नभएको उनको भनाई छ । पछील्लो समय उनलाई स्थानीय गैर सरकारी संघ सँस्थाहरुले पनि निःशुल्क रुपमा बिउ वितरण गर्दै आएका छन् । तर सरकारी स्तरबाट भने कुनै पनि खालको सहयोग हालसम्म नपाएको उनले बताईन् । समय अभावका कारण गोरु पाल्न नसकिने हुँदा खनजोतकालागि एउटा हाते ट्याक्टर आवश्यक रहेको उनले बताईन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.