स्वस्तिक अस्पतालबाट ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ

Image
maya metro

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकास्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी-३ घर भएका रमेश भण्डारी रहेका छन्।

nisarga

उनी सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दले बताए। पक्राउ परेका भण्डारीविरुद्ध मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उनले बताए।

दार्चुलामा कार्यरत रहेका उनी चोरीको बेला पोखरा ट्रेनिङको लागि पठाइएका थिए। चोरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेकोमा सशस्त्रले नै असई भण्डारीलाई पक्रेर प्रहरीलाई बुझाएको थियो।