कैलालीका बंगुरमा पहिलो पटक रेविज पुष्टि

Image
maya metro

धनगढी – कैलालीका बंगुरमा पहिलो पटक रेविज पुष्टि भएको छ।

कैलालीको लम्की चुहा नगरपालिका–१० मा मरेको बंगुरको मस्तिष्कको बिहीवार नमूना परिक्षण गर्दा रेविज पाइएको हो।

nisarga

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले बंगुरमा रेविज अन्वेषण भएको यो पहिलो घटना भएको जनाएको छ।

साथै बिहीवार नै कञ्चनपुरको बेलौरीबाट लिइएको स्यालको मस्तिष्कको नमूनामा पनि रेविज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले बताएको छ।