दार्चुला – दार्चुलामा डिउटीमा खटिएका बेला प्रहरीमाथि चक्कु प्रहार गरिएको छ ।
महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले आइतवार १२ बजेतिर ड्युटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन् ।
चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताएका छन् ।
उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदिले प्रहरीमा निवेदन दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणमा लिन सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलिमाथि चक्कु प्रहार भएको प्रहरीले बताएको छ ।
चक्कु प्रहार गरेर कुँवर फरार भएका छन्। उनको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको छ। उमेश र धनिशाले भदौमा भागेर बिहे गरेका थिए ।