bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा १७३ जनाले गरे मतदान

padma
milan sunchadi

धनगढी – सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सकिएको छ । धनगढीस्थित प्रदेशसभा सचिवालयमा बिहान ९ बजे सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्य सबै ५२ जनाले मतदान गरेका छन् । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७५ जनामध्ये १७३ जनाले मतदान गरेका छन् । सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले ४ बजेदेखि मतगणना गरिने बताए ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनी नगरपालिकाका उपमेयर राजु तिरूवाले मतदान नगरेका हुन् । मेयर हमाल स्वतन्त्र उम्मेदवारका रुपमा मेयर निर्वाचित भएका थिए । तिरूवा भने नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए । उनी बिरामी भएका कारण मतदानमा सहभागी नभएको उनको पार्टीले जनाएको छ ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.