नक्कली टिकट प्रकरण : थप अनुसन्धानकालागि जाहेरी पर्खीदै प्रहरी

Image
maya metro

अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघका पदाधीकारी,कार्यालय प्रमुख र टिकट विक्रिमा जोडीएका सबैसंग जिल्ला प्रहरी कार्यालय कैलालीले बयान लिएको छ ।

कैलालीको अत्तरियामा पुष २६ गतेदेखी माघ ७ गतेसम्म लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली प्रकरणको अनुसन्धानकालागि प्रहरीले आइतबार सबैको बयान सकेको हो ।

nisarga

बयानपछी थप अनुसन्धानकालागि जोहेरीको र्पखाईमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । “हिजो दिनभरी संघका पदाधीकारी र टिकट छपाई तथा बिक्री वितरणको जिम्मेवारी पाएका सबै व्यत्तिको बयान सकिएको छ,अब संघले जाहेरी दिएमा हामीले थप अनुसन्धान अगाडि बढाउँछौँ,जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता डिएसपी कुलदिप चन्दले सुदूर टाईम्ससंग भने ।”

संघले जाहेरी नदिएको खण्डमा भने अनुसन्धान अघि बढाउन कठीनाई हुने उनको भनाई छ । “पिडितले म पिडीत छु भनेर जाहेरी त दिनुपर्यो नी नत्र पिडितको जाहेरी नै नआई हामीले कसरी अनुसन्धान गर्ने?उनले भने ।”

यता अत्तरिया उद्योग वाणिज्य संघ भने तुरुन्त जाहेरी दिने मनसायमा देखीदैन । संघका अध्यक्ष कल्याण सिंह बोहराका अनुसार यो विषयमा कार्यसमिति बसेर छलफल गर्नेछ । “अनुसन्धान गर्ने निकायले हामीलाई जाहेरी दिनुस भनेको छ,हामीले कस्को नाममा जोहरी दिने?उनले भने तै पनि अब हामी समिति बसेर छलफल गछौँ,त्यहि अनुसार अघि बढ्छौँ ।”

पुष २६ गतेदेखी सुरु भएको आठौँ सँस्करणको उत्त महोत्सवमा दर्शकको उपस्थीती अन्य सँस्करणको आठौँ दिनमा टिकटको २८ ओटा नक्कली ठेली भेटिएको थियो । त्यसपछी संघले छानविन गरिदिन भन्दै जिल्ला प्रशाशन कार्यालयलाई अनुरोध गरेको थियो ।