काठमाडौँ – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ९७ रनले हरायो ।
जितसँगै आठ खेलबाट १२ अङ्क बनाएको आर्मी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित सुदूरपश्चिम सात खेलबाट आठ अङ्कसहित छैटौँ स्थानामा छ । सात खेलमा अपराजित रहेको नेपाल पुलिस क्लब १४ अङ्कसहित शीर्षस्थानमा छ । पुलिस दुई खेल अगावै फाइनलमा पुगिसकेको छ ।
जितका लागि आर्मीले दिएको दुई सय ६३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४०.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६५ रनमा समेटिएको थियो