कञ्चनपुरको पुनर्वासमा देखियो चितुवा

Image
फाइल फोटो
maya metro

कञ्चनपुर – आज बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका-१० मा चितुवा देखिएको छ। दोदापुलदेखि पश्चिम मसानघाट नजिक देखिएकोले उखु खेतबारीमा खोजिरहेको कुण्डा सब डिभिजन वन कार्यालयले जनाएको छ।

वन कार्यालयका कर्मचारी र ईलाका प्रहरी कार्यलय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक हेमराज भट्टको टोली खटिएको कार्यालयले जनाएको छ।

nisarga

उखु खेतीबारीमा जाँदा सतर्कता अपनाउन नगरवासीलाई वन कार्यालयले अनुरोध गरेको छ।

मङ्गलवार दिउँसो पचुइस्थित जगन्नाथ मन्दिर नजिक देखापरेको चितुवा उखुबारीमा पसेको थियो।