कञ्चनपुरमा जारी मुख्यमन्त्री पुरुष भलिबलः सेनालाई हराउँदै पुलिसद्वारा तेस्रो स्थान सुरक्षित

Image
maya metro

कञ्चनपुर – महेन्द्रनगरको खुला मञ्चमा सञ्चालन भइरहेको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाली सेनाको टिमलाई हराउँदै पुलिसले तेस्रो स्थान सुरक्षित गरेको छ।

शनिबार बिहान तेस्रो स्थानका लागि भएको प्रतियोगितामा पुलिसले ३–१ सेटले हराउदै तेस्रो स्थान सुरक्षित गरेको हो। एपिएफ र गण्डकी फाइनल यात्रामा पुगेको छ। शुक्रबार फाइनल प्रतियोतामा एपिएफले आर्मीलाई २/३ र गण्डकीले प्रहरीलाई २/३ सेटले जितेर फाइनल यात्रामा पुगेको छ।

nisarga

प्रथमका लागि गण्डकी र एपीएफविच हुनेछ। केही बेरमा फाईनल खेल हुनेछ। विभागीय टिमसहित गण्डकी प्रदेशको टिम सेमिफाइनलमा पुगेका थिए। सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं जिल्ला भलिबल संघ कञ्चनपुरको प्राविधिक सहयोग सहयोगमा आइतबारदेखि सुरु भएको मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगितामा विभिन्न लिक चरणका प्रतियोगिता जित्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको विभागीय टिमसहित गण्डकी प्रदेशको टिम सेमिफाईनलमा प्रवेस गरेको हो।

प्रतियोगिता विजेता टिमलाई नगद ४ लाख, उप विजेतालाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख नगदसहित ट्रफिक, मेडलका साथै प्रमाणपत्र प्रदान गरिनेछ।

चौथो हुने टिमलाई सान्त्वना स्वरुप ५० हजार नगद पुरस्कार समेत प्रदान गरिनेछ। सेमिफाइनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०/१० हजारका दरले पुरस्कार प्रदान गरिने छ।