धनगढीमा एक पुरुष मृत अवस्थामा फेला

Image

धनगढी – धनगढी उपमहानगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

भारतको लखिमपुरका ५५ वर्षीय अर्जुन बर्मा शुक्रवार  मृत अवस्थामा फेला परेका हुन् ।

बर्मा धनगढी उपमहानगरपालिकाको–१६ बेहडाबाबाका भिखुराम चौधरीको घरमा बस्दै आएका थिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय  कैलालीले जनाएको छ ।