कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ ढक्काचादरबाट उनीहरु पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका दुई युवक रहेका छन् ।

nisarga

उनीहरुको साथबाट प्रहरीले सून्य दशमलव ३१ ग्राम लागुऔषध फेला पारेको हो। इलाका प्रहरी कार्यालय, बेलौरीको समूहले उनीहरुलाई लागु औषधसहित पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान जारी रहेको छ।