Attariya Hospital Pvt.Ltd.

सुरेश चोखाल र लक्ष्मी आचार्यको अभिनयमा ‘मेरी बौजु’ सार्वजनिक

padma
milan sunchadi

अत्तरिया – कलाकार सुरेश चोखाल र लक्ष्मी आचार्य देवर भाउजु (बौजु) को भूमिकामा सार्वजनिक भएका छन् । सोमबार बिहान सार्वजनिक भएको ‘मेरी बौजु’ बोलको डोटेली भाषाको लोक पप गीतमा उनिहरु देवर भाउजुको भूमिकामा देखिएका हुन् ।

लोकप्रिय गायक तथा मोडल चक्र बम र हास्य कलाकार मनिष खड्काको संयुक्त शब्द सँगीत रहेको गीतमा सुरेश चोखाल र लक्ष्मी आचार्यले देवर भाउजुको भूमिकामा स्वर भरेका छन् ।

कुशल एरेन्जर केशव बडुको एरेञ्जमा खडक बाजुरालीको मिक्सिङ्ग तथा मास्टरिङ्गमा उक्त गीत मालाश्री रेकर्डिङ्ग स्टुडियोमा अडियो तयार पारिएको हो ।

Siddi ganesh

रमेश बिजुली बिसीको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा सुरेश चोखाल, रोजी कुँवर र बिर बोहराको अभिनय रहेको छ ।
सतिश सिन्हाले छायांकन, सम्पादन तथा कलरिङ्ग गरेको गीतमा मेकअप सुमिरानीको रहेको छ ।

सिएस फिल्मस् धनगढीको पोस्टप्रोडक्शन रहेको उक्त गीत गायक सुरेश चोखाल युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

देवर र भाउजुको रोचक गीत सम्बादका माध्यमबाट चुरोट, बिंडी र खैनीमा दिन गएको भन्दै मनोरन्जन सहित सन्देश दिन खोजिएको छ ।

गीतले दर्शक श्रोताहरुको मन जित्ने आशा लिएको गायक सुरेश चोखालले बताए ।

हेर्नुहोस भिडियो –

Nawadurga
Leave A Reply

Your email address will not be published.