Attariya Hospital Pvt.Ltd.

तिमि सँगको मेरो माया दिलमा…

padma
milan sunchadi

तिमि सँगको मेरो माया दिलमा बस्छ होला

मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला

तिमि सँग परिचय भएपछि कुराकानि भयो

Siddi ganesh

कुरा कानि गर्दा गर्दै मन मुटु जोडियो

समाज , घरपरिवार आफन्तलाई बोलाई

बिहे गरी लैजान्छु तिमिलाई बाजा बजाई

भावनाहरू मिले मन मिल्यो सोच एउटै भयो

मन भित्र हराएका धेरै कुरा खोजि भयो

हिजो सम्म बोल्न पनि अप्ठयारो लागेको थियो

सधै सम्झना राख्दा राख्दै आजको दिन आयो

मायालु सँग बसेर कुराकानी गरौला

मन मुटु सबै सम्पिएर लेनदेनको कुरा गरौला

 

किन हतारिन्छौ समय अझै निकाल्ने कुरा हो

तिमिलाई बेहुलि बनाएर लैजाने भोलि मात्र हो

तिमि सँगको मेरो माया दिलमा बस्छ होला

मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला

 

नाम -गोबिन्द राज ओझा (राजन)

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

Nawadurga
Leave A Reply

Your email address will not be published.