अत्तरिया – जिल्ला प्रशासन कार्यालय कैलालीबाट माघ महिनामा ६ सय १३ जनाले नागरिकता लिएका छन् ।
जस्मा २ सय ८४ महिला र ३ सय २२ जना पुरुष गरि ६ सय ६ जनाले वंशजको आधारमा नागरिकता लिएका छन् भने २ जनाले वैवाहिक अंगिकृत, २ जनाले गैरआवासिय,१ जनाले आमाको नामबाट नागरिकता लिएका छन् भने २ जनाले पतिको नामबाट नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताएका छन् ।
जोशीका अनुसार माघ महिनामा राहदानीको लाइनमा ७ सय ४४ जना देखीएका छन् । एक महिनाको अवधीमा राहदानीकालागि जिल्ला प्रशासन कार्यालयमा ७ सय ४४ जनाले फोटो खिचाएका छन् ।
“७ सय ४४ जनाले राहदानीकालागि फोटो खिचाएका छन्, जोशीले भने विभीन्न कुराहरु नमीलेको भन्दै माथीबाट कुनै क्यान्सील पनि हुनसक्छ,सबैको राहदानी आउँछ भन्ने हुँदैन ।”
जिल्ला प्रशासन कार्यालय कैलालीले राहदानी वितरणबाट माघ महिनामा मात्रै ३६ लाख १३ हजार रुपैँया राजस्व संकलन गरेको छ ।
कार्यालयले चालु आर्थीक वर्ष २०८०÷८१ का ७ महिनामा राहदानीबाट ३ करोड २७ लाख ३४ हजार २ सय ८० रुपैँया राजस्व संकलन गरेको छ ।