अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका विभिन्न वडामा कृषी तथा शिक्षाको क्षेत्रमा तीन वर्षदेखी काम गर्दै आईरहेको सप्रोस नेपालले पालिका स्तरीय वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
बिहिबार गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकायाको प्रमुख आतित्थ्यमा पालिका स्तरीय वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको हो । वार्षिक प्रगति समिक्षा कार्यक्रममा विभिन्न शाखा प्रमुखहरुको पनि उपस्थीती रहेको थियो ।
कार्यक्रममा सप्रोस नेपालकी जेसी अफिसर सरिता चौधरीले पछील्लो एक वर्षको अवधीमा पशुपालन व्यवस्थापन तथा कुखुरा पालन सम्बन्धी ५० जनालाई तालिम प्रदान गरी सामग्री सहयोग गरिएको बताईन् ।
त्यस्तै बजारीकरणकालागि विभिन्न सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको उनले बताईन् । त्यस्तै १० ओटा समूहलाई सिचाँई सामग्री सहयोग गरिएको भन्दै उनले दिवा खाजाकालागि खाद्य वस्तु व्यवस्थापन गर्न विभिन्न सरोकारवालाहरुसंग छलफल तथा समन्वय गरिएको बताईन् ।
त्यस्तै वार्षिक प्रगति समिक्षा कार्यक्रममा चौधरीले कृषकहरुलाई कृषी बिमा सम्बन्धी सहजीकरण गरिनुकासाथै लैैगिक समानता तथा समावेशीकरण सम्बन्धी १० ओटा समूहलाई तालिम प्रदान गरिएको जानकारी दिईन् ।
त्यस्तै १० ओटा समूहलाई कृषी एप्सको बारेमा जानकारी दिनुकासाथै मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम प्रदान गरि सामग्री सहयोग गर्दै १० ओटा समूहलाई बेमौसमी तरकारीको बिउ समेत सहयोग गरिएको उनले बताईन् ।
त्यस्तै नगरपालिकामा क्षमता अभिवृद्धी सम्बन्धी तालिमको आयोजना गर्नुका साथै विभिन्न दिवसिय कार्यक्रमहरु सञ्चालन गरिएको चौधरीले जानकारी दिएकी छिन् । त्यस्तै बेर्ना उत्पादनकोलागि पनि १० ओटै समूहलाई नर्सरी टनेल सहयोग गरिएको उनको भनाई छ ।
पालिका स्तरीय वार्षिक प्रगति समिक्षा कार्यक्रममा बोल्दै उप प्रमुख रोकायाले सप्रोस नेपालले महिला सशत्तिकरणमा ठुलो भूमिको खेलेको बताईन् । उनले यस्ता कार्यक्रमलाई नगरपालिकामा निरन्तरता दिनुपर्ने बताईन् ।