Attariya Hospital Pvt.Ltd.

बाउली खोलामा डेढ वर्षभित्र पुल बनाउने ठेक्का, तर साढे दुई वर्षमा एउटा खाल्डो मात्रै खनियो

padma
milan sunchadi

बाजुरा – बाजुराको मार्तडी कोल्टी सडकको बडिमालिका नगरपालिका– ८ बाउली खोलामा गत वर्ष नै पुल निर्माण भइसक्नुपथ्र्यो । डेढ वर्षमा पुल निर्माण गर्ने सम्झौता भए पनि साढे दुई वर्षसम्म एउटा खाडल खन्नेबाहेक काम भएको छैन ।

पिलर उठाउन बनाइएको फाउन्डेसन (खाल्डो) नै पुरिन थालेको छ । जब कि पेस्कीबापत २४ लाख ७५ हजार लगिसकेको ठेकेदार कम्पनी जुगल– कौसिक जेभी एक वर्षदेखि लापत्ता छ ।

सडक डिभिजन कार्यालय साफेँले पाँच करोड ५८ लाख लागतमा १५ फागुन ०७९ भित्र २५ मिटर लामो मोटरेबल पुल निर्माण सक्न उक्त कम्पनीसँग १५ कात्तिक ०७८ मै सम्झौता गरेको थियो । कम्पनीको तर्फबाट सञ्चालक नरेश ओझाले सम्झौता गरेका थिए । सडक डिभिजन साफेँका निमित्त प्रमुख आशा श्रेष्ठका अनुसार सुरुमा कम्पनीको आग्रहमा १२ असार ०८० सम्मका लागि म्याद थप गरिएको थियो । तर, त्यसपछि भने ठेकेदार कम्पनी नै सम्पर्कमा आएको छैन ।

Siddi ganesh

प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीलाई सम्पर्कमा ल्याइने बताए । पुल निर्माण नहुँदा सदरमुकाम मार्तडीमा रहेको मालिका मावि र बाजुरा क्यापसमा अध्यनरत विद्याथीलाई आउजाउ गर्न समस्या हुने गरेको छ ।

satyawati

 नयाँ पत्रिकाबाट

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.