धनगढी – कैलालीमा पानीको खाल्डोमा डुबेर डेढ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्लाको भजनी नगरपालिका–७ पृथ्वीपुरका पवन लोनीयाका डेढ बर्षीय छोरा देवान्स लोनीया मृत भेटिएका हुन ।
आफ्नै घर आँगनको छेउमा रहेको पानीले भरिएको खाल्डोमा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
यस विषयमा ईलाका प्रहरी कार्यालय भजनीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।