Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा २४ लाख नाफा

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा संचालन भएको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०८० मा झन्डै २४ लाख नाफा भएको छ ।

आयोजक अत्तरिया उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयव्यय सार्वजनिक गरेको हो ।

सम्मेलनमा संघका कोषाध्यक्ष हेमराज भण्डारीले सुदूरपश्चिम प्रादेशिक महोत्सवमा २३ लाख ९८ हजार ७० रुपैयाँ नाफा भएको बताएका हुन् ।

Siddi ganesh

नाफामध्य १५ लाख ३५ हजार १३७ रुपैयाँ उठ्न बाँकी रहेको उनले बताएका छन् ।

त्यसैगरि ५ लाख ८७ हजार २६१ रुपैयाँ संघले विभिन्न निकायलाई तिर्न बाँकी रहेको छ ।

महोत्सवमा जम्मा कारोबार ९० लाख ३० हजार ४१० रुपैयाँ भएकोमा ६६ लाख ३२ हजार ३४० रुपैयाँ खर्च भएको भण्डारीले बताए ।

अत्तरिया उद्योग वाणिज्य संघले पुष २६ गतेदेखि माघ ७ गतेसम्म अत्तरियाको लामिताल परिसरमा सुदूरपश्चिम प्रादेशिक महोत्सव २०८० संचालन गरेको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.