अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत खुटीया नदीमा अर्धचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको पुष्टि भएको छ ।
उनी गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका ५५ वर्षीय श्याम दमाई रहेको बताईएको छ । मानसिक बिरामी समेत रहेका उनी हिजोदेखी हराईरहेका थिए ।
दमाईको मृत्यु भईसकेको र शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बहादुर बरालले बताएका छन् ।
मृत्युको कारण भने खुल्न सकेको छैन । खुटीया पुल मुनी आज बिहान पुरुषलाई अर्धचेत अवस्थामा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय मालाखेतीले घटना सम्बन्धी थप अनुसन्धान भईरहेको जनाएको छ ।