डोटीमा आफैले काटेको रुखले च्यापिएर एक बालकको मृत्यु

Image
maya metro

डोटी – डोटीमा एक बालकको रुखमा च्यापिएर मृत्यु भएको छ।

दाउराका लागि रुख काट्ने क्रममा आफैले काटेको बाँझको रुखमा च्यापिएर डोटीको सायल गाउँपालिका–२ खड्गडाका १४ वर्षीय तिलक बोहरा रुखले च्यापिएर घाइते भएका थिए।

nisarga

घाइते तिलकको डोटी जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।