Attariya Hospital Pvt.Ltd.

इरान–इजरायल युद्ध थप बढ्ने सम्भावना तत्कालका लागि रोकियो

padma
milan sunchadi

शनिवार राति इरानले इजरायलमाथि गरेको आक्रमणका कारण मध्यपूर्वका देशमा फैलन सक्ने सम्भावित ठूलो युद्ध तत्कालका लागि रोकिने सम्भावना बढेको छ ।

इजरायल–हमास युद्ध चलिरहेकै बेला इरानले इजरायलमा एकैरात तीन सयभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेपछि तत्काल ठूलो युद्धको सम्भावना बढेको थियो । तर अमेरिकी राष्ट्रपति जो वाइडेनले तत्काल इरानविरुद्ध जवाफी आक्रमण नगर्न दवाव दिएपछि इजरायल पछि हटेको छ ।

इजरायलको मन्त्रिपरिषद बैठकले इरानी आक्रमणको उपयुक्त समयमा जवाफ दिने निर्णय गरेपछि तत्कालका लागि दुई देशबीचको युद्ध रोकिने देखिएको हो ।

Siddi ganesh

दुवै देश एकआपसमा भिडेमा अमेरिका, बेलायत, फ्रान्स लगयातका देश पनि इजरायलको सुरक्षामा तत्कालै सहभागी हुने र मध्यपूर्वका अरु देशहरु इरानको पक्षमा रहँदा ठूलो युद्धको सम्भावना थियो ।

तर इरानले अब थप आक्रमण नगर्ने बताउनु, अमेरिकाले तत्काल इरानविरुद्ध आक्रमण नगर्न इजरायललाई दवाव दिनु र आफू पनि युद्धमा सहभागी नहुने बताउनु तथा इजरायलले पनि उपयुक्त समयमा जवाफ दिने भन्दै कुटनीतिक निर्णय गर्नुले युद्ध नफैलने सम्भावना बढेको बीबीसीले जनाएको छ ।

शनिवार राति इरानले प्रहार गरेका तीन सयभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतभन्दा धेरैलाई प्रतिरक्षा प्रणालीले नष्ट गरिदिएको थियो । ड्रोन तथा क्षेप्यास्त्र नष्ट गर्न इजरायललाई अमेरिका, बेलायत र फ्रान्स लगायतका देशले पनि सहयोग गरेका थिए ।

इरानले गरेको अत्याधुनिक रकेट प्रहारलाई विफल बनाएको कारण अहिले विश्वभर नै इजरायली प्रतिरक्षा प्रणालीको चर्चा भइरहेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.