Attariya Hospital Pvt.Ltd.

वेष्ट इण्डिज ‘ए’सँग आज नेपालको दोस्रो खेल

padma
milan sunchadi

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार वेष्ट इण्डिज ‘ए’ सँग मैत्रिपूर्ण टी-२० को दोस्रो खेल खेल्दैछ।

खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु हुनेछ। यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी बनेको थियो।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो ।आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुँदैछ। आगामी आईसीसी टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ।

Siddi ganesh

यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्याण्ड्स छन्। वेष्ट इण्डिज भने टी-२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । यो समूहमा न्युजिल्याण्ड, अफगानिस्तान, पपुवा न्यूगिनी र युगाण्डा छन्।

यसअघि नेपाल र वेस्ट इन्डिजले एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल वेष्ट इण्डिजसँग १०१ रनले पराजित भएको थियो।

Nawadurga
Leave A Reply

Your email address will not be published.