Attariya Hospital Pvt.Ltd.

बाजुराको स्वामीकार्तिकमा आगलागी, तीन घर नष्ट

padma
milan sunchadi

बाजुरा – जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट मानवीय र पशुचौपाया क्षति नभए पनि तीनवटै घरका सरसामान नष्ट भएका छन्।

गाउँपालिका–३ जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट शुरु भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको थियो। स्थानीय र प्रहरीको सक्रियतामा आगो निभाइएको थियो।

Siddi ganesh

गत बिहीबार दिउँसो बुढीगंगा नगरपालिकास्थित सामुदायिक वनमा लागेको आगोले सोही पालिकाको वडा न ४ का मोहन नेपालीको घर जलेको थियो।

आगलागीका घटना दैनिक बढ्दै गए तापनि जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाले विपद् प्रतिकार्यमा कुनै चासो नदेखाएका तथा आफूहरूलाई सहयोग नगरेको आरोप पीडितले लगाएका छन्।

रासस

Nawadurga
Leave A Reply

Your email address will not be published.