सेती लोकमार्गको डोटी खण्डमा पर्ने वनका रुख कटान गर्न स्वीकृत

Image
maya metro

अत्तरिया – राष्ट्रिय गौरवको योजना सेती लोकमार्गको डोटी खण्डमा पर्ने वनका रुख कटान गर्न स्वीकृति दिएको छ।

मन्त्रीपरिषद् बैठक द्वारा वातावरणीय समस्या समाधान गरी डोटी क्षेत्रमा पर्ने वनका रुख कटान गर्न र सडक निर्माण कार्य अगाडि बढाउने गरी शुक्रवार बसेकोे वैठकले वन मन्त्रालयको प्रस्ताव लाई स्वीकार गर्दै यस्तो निर्णय गरेको हो। मन्त्रीपरिषदको निर्णयले सेती लोकमार्गको डोटी खण्डको ४० किमी निर्माण कार्य अगाडि बढ्ने बाटो खुलेको छ।

nisarga

सो क्षेत्रमा रूख कटान आदेश नपाउँदा यो खण्डको काम अगाडि बढ्न सकेको थिएन। डोटीको सिमाना पर्ने लोडेघाटसम्म ४० किलोमिटर सडकको ट्रयाक खोल्न गत वर्ष मंसिरमा सम्झौता भएको थियो।

करिब ६५ करोडको लागतमा सपना–जयमा–स्वर्गद्वारी जेभीले सो खण्डको ट्रयाक खोल्ने ठेक्का पाएको छ।