आज युगकवि श्रेष्ठको ११३ औँ जन्मजयन्ती

Image
maya metro

काठमाडौं – युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्मजयन्ती मनाइँदैछ। स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रूपमा चिनिन्छन्।

उनको जन्म ओखलढुंगा बजारमा १९६९ जेठ ९ गते भएको थियो। युगकवि श्रेष्ठले कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण लगायतका विधामा कलम चलाएका थिए।

nisarga

उनका ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘जूनकीरी’ लगायतका रचना चर्चित छन्। यस्तै ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत, खण्डकाव्य ‘उर्वशी’, ‘ज्यानमारा शैल’, र ‘आँशु’ लगायत कृति छन्।

त्रिभुवन पुरस्कार, पृथ्वी प्रज्ञा पुररस्कार, गोरखा दक्षिण बाहु, त्रिशक्तपट्ट र रत्नश्री सुवर्ण पदकलगायतबाट सम्मानित श्रेष्ठको निधन २०४९ जेठ २२ गते काठमाडौंमा भएको थियो।