काठमाडौं – आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि प्रस्ताव पेश गर्नुभएपछि छलफलपछि बहुमतले नीति कार्यक्रम पारित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले विरोध गरिरहेकै बेला सभामुख देवराज घिमिरेले निर्णयार्थ सो प्रस्ताव पेश गरेका थिए । सत्तापक्ष दलका सांसदहरुको बहुमत संसदमा भएकाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।