Attariya Hospital Pvt.Ltd.

भारतको राजस्थानमा गर्मीले ६ जनाको मृत्यु

padma
milan sunchadi

पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण उच्च तापक्रमका कारण छ जनाको मृत्यु भएको छ।

तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि ‘हिट स्ट्रोक’ बिरामीहरूको सङ्ख्या दुई हजार ८०९ बाट बढेर तीन हजार ६२२ पुगेको छ ।

स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मौसम विभागले पहिले नै मानिसहरूलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिएको छ। विभागले तिर्खा नलागे पनि पर्याप्त पानी पिएर ‘हाइड्रेटेड’ रहन आग्रह गरेको छ।

Siddi ganesh

भारतका ठूलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ। यसबाट मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ। गत महिना भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्र सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो।

Nawadurga
Leave A Reply

Your email address will not be published.