अत्तरिया – वान वे डान्स क्याम्पले कैलालीको अत्तरियामा आयोजना गर्न लागेको गोदावरी नगर स्तरीय किड्स डान्स च्याम्पियनशिपकोे दोस्रो चरण शनीबार सम्पन्न भएको छ । डान्स च्याम्पियनशिपको दोस्रो चरणबाट ६० विद्यार्थी छनोट भएका छन ।
अत्तरियाकै क्याबिनेट रिर्सोटमा आयोजना गरिएको च्याम्पियनशिपकोे दोस्रो चरणमा १३० जना विद्यार्थी सहभागि भएकोमा ६० विद्यार्थी छनोट भएका आयोजक वान वे डान्स क्याम्पका सञ्चालक नरेश बिसीले बताएका छन् ।
बाँकी सहभागि अनुत्तिण भएका छन् । च्याम्पियनशिपको दोस्रो चरण जेठ १९ गते शनीबार हुने आयोजकले जनाएको छ । असार १२ गतेसम्म सञ्चालन हुने च्याम्पियनशिपमा प्रथम हुनेले बीस हजार एक सय १५ रुपैँया नगद पुरस्कार पाउने वान वए डान्स क्याम्पका सञ्चालक नरेश विकले जानकारी दिए ।
त्यस्तै द्धितिय हुनेले दश हजार एक सय १५ रुपैँया पुरस्कार पाउनेछ भने तृतिय स्थान हाँसिल गर्नेले पाँच हजार एक सय १५ रुपैँया पुरस्कार पाउने आयोजक वान वए डान्स क्याम्पले बताएको छ ।
च्याम्पियनशिपको प्रमुख प्रायोजकमा लोटस आइ मावि रहेको छ भने प्रायोजकमा एभरेस्ट एकेडेमी रहेको छ । त्यसैगरी सह प्रायोजकमा साधना पथ एकेडेमी,किड्स जोन एकेडेमी,ज्ञान ज्योती मावि तेघरी,संघर्ष क्याफे र क्याबिनेट रिसोर्ट रहेका छन् ।
सत्यवती एकेडेमी,सुनगाभा मन्टेश्वरी,चौलानी ड्रेस कलेक्सन,माइकिज क्याफे,बिके कन्ट्रक्सन,तेडी चस्मा सेन्टर र जनकल्याण माविले ब्यानर प्रायोजन गरेका छन् ।
तेस्रो चरणको डान्स च्याम्पियनशिप आगामी शनिबार हुने वान वे डान्स क्याम्पका सञ्चालक बिसीले बताएका छन् ।