कृष्णपुर-७ का किसानलाई अनुदानमा कृषि सामग्री वितरण

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ कलुवापुरका किसानलाई अनुदानमा कृषि सामग्री वितरण गरिएकोे छ । शुक्रबार नगरपालिकाको कृषि शाखाले एक कार्यक्रमकाबिच ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको हो ।

फुलबारी महिला कृषि समुहका १५ किसानलाई मोटर,स्प्रे ट्यांकी,हजारी बिउ बिजन लागयतका सामग्री वितरण गरिएको हो । सामग्री वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख हेमराज ओझाले किसानलाई पचास प्रतिशत शर्शत अनुदानमा सामग्री वितरण गरिएको बताए ।

उनले अनुदानमा पाएका सामग्रीहरुको किसानले उपयोग गरि लाभ लिनुपर्ने बताए । त्यस्तै नगरपालिकाको कृषि शाखा प्रमुख लाल बहादुर धामीले अनुदानको मुख्य उदेश्य कृषि यन्त्रको आधुनिकिकरण गरि किसानको लागत घटाई उत्पादन बढाउने र किसानलाई आय आर्जनसंग जोड्ने रहेको बताए ।

उत्त उदेश्य प्राप्ति गर्न किसान सफल हुनेभन्दै उनले अनुदानको रकमबाट स्थाई संरचना पनि बनाउनु पर्ने शर्त शाखाले राखेको बताए । सोहि बमोजिम किसानले फलामको पोली हाउस निर्माण गरेका छन् ।

फुलबारी महिला कृषि समुहकी किसान मन्तरी चौधरीले विभिन्न समयमा नगरपालिकाले अनुदानमा बिउ लगायतका सामग्री प्रदान गर्दा आफुहरुको हौसला बढ्ने बताईन् ।

उनले पहिले आफु खानका लागि मात्रै तरकारी उत्पादन गर्दै आएको भएपनि पछील्लो समय व्यवसायिक रुपमा तरकारी गर्ने गरेको बताईन् ।