Attariya Hospital Pvt.Ltd.

देशको पूर्वी र मध्य क्षेत्रमा पानी पर्दै, कैलाली र कञ्चनपुरसहित ३७ वटा जिल्लामा बाढीको जोखिम

padma
milan sunchadi

देशको पूर्वी क्षेत्रमा न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर अर्थात् नेपालतर्फ अघि बढेसँगै पूर्वी र मध्य नेपालमा पानी परिरहेकाे छ ।

पछिल्लो ३ घण्टामा कोशी प्रदेशको सङ्खुवासभा, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गालगायत मधेश, बाग्मती र गण्डकी प्रदेशका सबैजसो ठाउँमा पानी परिरहेको छ । सर्लाही, बारालगायतका जिल्लामा अत्यधिक वर्षा भएको छ ।

वर्षासँगै कम्तीमा ३७ वटा जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ र कास्कीका नदीहरूमा पानीको बहाव बढ्ने सम्भावना छ ।

Siddi ganesh

यस्तै स्याङ्जा, पर्वत, बाग्लुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची र आसपासका जिल्ला भई बहने धेरैजसो स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ । यसका साथै ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, सिन्धुपाल्चोक, दोलखा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने धेरैजसाे स–साना नदीहरूको बहाव बढ्ने तथा केही स–साना नदीहरूमा आकस्मिक बाढी हुन सक्ने पूर्वानुमान रहेको छ ।

satyawati

यसैबीच वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । प्रहरीले विभिन्न राजमार्गमा अवरोध भइरहेको भन्दै सडकको अवस्था बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.