संस्कृतिकर्मी बास्कोटासहित २० जना स्रष्टालाई सम्मान एबम् पुरस्कार

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका अत्तरियाका संस्कृतिकर्मी लिलाधर बास्कोटा अभिनन्दित भएका छन् । प्राज्ञा प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट सहित अभिनन्दित गरेको हो । शनिबार २११ औँ भानुजयन्तीको अवसरमा धनगढीमा आयोजित कार्यक्रममा बास्कोटालाई अभिनन्दन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नगद सहित अभिनन्दन गरेका हुन् ।
अत्तरियाको दुर्गा लक्ष्मी मावि अध्यापन गराउँदै आएका संस्कृतिकर्मी बास्कोटा सामाजिक कार्यमा समेत सक्रिय छन् । सुदूरपश्चिम प्राज्ञा प्रतिष्ठानले आयोजना कार्यक्रममा गरेको हो । तीन दशक देखि सुदूरपश्चिमको कला संस्कृतिमा सक्रिय व्यक्ति हुन ।

त्यस्तै प्रज्ञाप्रतिष्ठानले अन्य १९ जना स्रष्टाहरूलाई सम्मानित एबम् पुरस्कृत गरेको छ। प्रतिष्ठानले लोक संस्कृति तर्फको प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट वरिष्ठ लोकगायक तथा डेउडा सम्राट नन्दकृष्ण जोशीलाई सम्मानित गरेको छ। यसैगरि भाषा-साहित्य तर्फको प्रादेशिक पुरस्कार वरिष्ठ कवि मनिराज जोशीलाई, गायन तर्फको प्रादेशिक पुरस्कार लालबहादुर धामी (अछामी बड्डो) लाई, ललितकला तर्फको प्रादेशिक पुरस्कार वरिष्ठ चित्रकार जीतबहादुर आउजीलाई, चलचित्र तथा नाट्य तर्फको प्रादेशिक पुरस्कार राजकुमार जोशीलाई र डेउडा लोकगायन तर्फको प्रादेशिक पुरस्कार गायिका रेखा जोशीलाई प्रदान गरिएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले बताए।

nisarga

समारोहमा प्रमुख अतिथि सूदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारी, प्रदेश सरकारकी संस्कृति मन्त्री माया पन्त र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले स्रष्टाहरूलाई दोसल्ला, नगद पुरस्कार, टिका र मालाले सम्मानित गरेका थिए।
यसैगरि प्रतिष्ठानले प्रादेशिक प्रतिभा सम्मानबाट बिभिन्न बिधाका १४ स्रष्टालाई सम्मानित गरेको छ।

सम्मानित हुने स्रष्टाहरूमा माधबसिंह बिष्ट, दलबहादुर बोगटी, सुरज शाह, ओमप्रकाश पुन, गौरी भट्ट, लक्षीराम आचार्य, कटक नेपाली, केपी कलौनी, धनेश्वरी रेग्मी,सागर कुश्मी चौधरी, गायिका पवित्रा भण्डारी,पुरनसिंह कडायत,रोहितप्रसाद ढुङ्गाना र जयदेव जोशी दार्चुला रहेका छन्। एकहजार भन्दा बढीको सहभागिता रहेको भव्य समारोहमा कलाकारहरूको बेजोड प्रस्तुतिले कार्यक्रम उत्सवमय बनेको थियो। समारोहमा थारू लोकनृत्य संस्कृति, डेउडा, ठाडीभाका, तथा शास्त्रीय संगीत एबम् लोकनृत्य प्रस्तुत गरिएको थियो। समारोहमा डेउडा गायनका हस्तीहरू नन्दकृष्ण जोशी, रेखा जोशी, गौरी भट्ट, पबित्रा भण्डारी र लालबहादुर धामी अछामी बड्डो लगएत स्थानीय कलाकारको प्रस्तुतिले मञ्च गुञ्जायमान बनेको थियो।