सुदूरपश्चिममा ट्राफिक गतिविधि : सवारीमाथीको कारबाही र राजश्व संकलनमा कमी,दुर्घटना भने बढे

Image
maya metro

अत्तरिया – सुदूरपश्चिममा आर्थीक वर्ष २०७९/८० को तुलनामा आर्थीक वर्ष २०८०/८१ मा ट्राफिक गतिविधी सुस्त देखिएको छ । आर्थीक वर्ष २०७९/८० मा सवारी माथीको कारबाही तथा राजश्व बढाँउदै सडक दुर्घटनामा कमी ल्याएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थीक वर्षमा भने त्यसैलाई निरन्तरता दिन सकेन ।

आर्थीक वर्ष २०७९/८० मा प्रदेशभरी १ लाख १२ हजार ६५५ सवारीसाधन कारबाहिमा परेकामा गत आर्थीक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा ७४ हजार १०५ सवारी साधन मात्रै कारबाहीमा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार कारबाही पर्नेमा मोटरसाइकल सबैभन्दा बढी रहेका छन् । प्रदेशभरी एक वर्षमा ३० हजार ९६४ ओटा मोटरसाइकल कारबाहीमा परेका छन् ।

nisarga

झण्डै ५ करोड राजश्व संकलन

ट्राफिक प्रहरीले संकलन गर्ने राजशवमा पनि गत वर्ष कमी आएको तथ्यांकले देखाएको छ । गत आर्थीक वर्ष २०८०/८१ मा ४ करोड ९३ लाख ९६ हजार रुपैँया राजश्व संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता अनिल उप्रेतीले बताएका छन् । जसमध्य मोटरसाइकल कारबाहीबाट मात्रै २ करोड १५ लाख ५३ हजार ५ सय रुपैँया राजश्व संकलन भएको उप्रेतीले बताएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले आर्थीक वर्ष २०७९/८० मा ६ करोड ४३ लाख ७० हजार रुपैँया राजश्व संकलन गरेको थियो ।

दुर्घटना बढे

सुदूरपश्चिममा आर्थीक वर्ष २०७९/८० को तुलनामा आर्थीक वर्ष २०८०/८१ मा सडक दुर्घटना भने बढेका छन् । आर्थीक वर्ष २०७९ /८० मा २५२ ओटा मात्रै सडक दुर्घटना भएको सुदूरपश्चिममा आर्थीक वर्ष २०८०/८१ मा भने ३०९ ओटा सडक दुर्घटना भएका छन् । जसमध्य २०७ दुर्घटनामा मोटरसाइकल संलग्न रहेका छन् । उसो त आर्थीक वर्ष २०७८/७९मा यस प्रदेशमा ५०१ सवारी दुर्घटनामा परेका थिए ।