काठमाडौँको एक गेष्ट हाउसमा बाजुराका युवायुवती मृत फेला

Image

काठमाडौँ  – काठमाडौँको सिनामङ्गलस्थित एक गेष्ट हाउसमा युवा र युवती मृत फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बाजुराको त्रिवेणी नगरपालिका ४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी वर्ष १९/२० कि करिष्मा सार्की मृत भेटिएको जानकारी दिए।

महानगरपालिका ९ स्थित शान्ता कार्कीले सञ्चालन गरेको होटल झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा उनीहरु यही साउन १५ गतेदेखि बस्दै आएका थिए।

होटलका कर्मचारीले आज मध्याह्न खाना खाने÷नखाने निधो गर्नका लागि कोठामा जाँदा ढोका नखोलेपछि प्रहरीलाई खबर गरेका थिए।

उक्त खबरपछि घटनास्थलमा प्रहरी दिउँसो १ : १५ बजेको समयमा पुगेकोमा ढोका खोली हेर्दा दुवैजना मृत फेला परेको उनले बताए।

अधिकारीका अनुसार महिला घाँटी काटिएको अवस्थामा मृत फेला परेको र पुरुष पङ्खामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।