अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको किसान कृषि सहकारी संस्था लिमिटेडको नवौं साधारण सभा सम्पन्न भएको छ । बिहिबार संस्थाकी अध्यक्ष राधा विष्ट कुँवरको सभापतित्व तथा गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशीको प्रमुख आतिथ्यतामा संस्थाको नवौं साधारण सभा सम्पन्न भएको हो । सभामा संस्थाकी प्रबन्धक सुना रोकायाले गत आर्थिक वर्षको आयव्यय तथा चालु आर्थिक वर्षको अनुमानित आयव्वयसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।
उनले आर्थिक वर्ष २०८० ०८१ मा संस्थाले ४ करोड ३० हजार ९ सय ४४ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको बताईन् । साथै संस्थाको कुल शेयर पूँजि ५० लाख ३ सय रहेको बताईन् । यस्तै जगेडा कोषमा २१ लाख ९९ हजार २४७ रुपैँया रहेको साथै ३ करोड ७६ लाख १ हजार ४५३ रुपैयाँ कर्जा तर्फ लगानी गरेको रोकायाले बताइन् । साथै यस आर्थिक वर्ष निक्षेपमा २ करोड ४८ लाख ४५ हजार ३१ रुपैयाँ बचत संकलन रहेको जुन गत वर्षको भन्दा २९ लाख ५७ हजार ९५६ रुपैयाँ वृद्धि भएको प्रबन्धक रोकायाले बताइन् । त्यसै गरी संस्थाले यस आर्थिक वर्षमा १ लाख ८१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
संस्थाले विशेष गरी महिलाहरुको जीवनस्तर उकास्न सहजीकरणको लागि सहकारीमा आबद्ध सदस्यहरूलाई सीपमूलक तालिम प्रदान गर्दै आइरहेको छ भने कृषिलाईे प्राथमिकतामा राखी ऋण प्रवाह गर्दै आइरहेको छ । संस्थाकी उपाध्यक्ष शान्ति देवी कामीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् । कार्यक्रममा नेपाल महिला सशक्त उद्यम विकासका अधिकृत सन्तोष पराजुली,नव सिर्जना सहकारी संस्था झलारीका अध्यक्ष भिम अवस्थी सुर्य ज्योति लाईफ इन्स्योरेन्स अत्तरियाका शाखा प्रबंधक नरेश भट्ट,विभिन्न संघ संस्थाका पदाधीकारी संस्थाका संचालक समितका वर्तमान तथा पूर्व प्रतिनिधी,कर्मचारी लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले सबैका लागि एक र एकका लागि सबै भन्ने सहकारीको सिद्धान्त अनुसार काम गर्नुपर्ने बताए । ‘यो कृषि सहकारी संस्था भएकोले कृषि ऋणको सदुपयोग गरेर आम्दानी गर्ने र संस्थालाई पनि बुझाउने ऋणीहरूको कर्तव्य हुन आउँछ ।’ उनले भने, ‘पञ्चपितामा कृषि पनि आउँछ । त्यसैले कृषिलाई सबैले सम्मान गर्नुपर्छ ।’ २०७२ सालमा २७ जना शेयर सदस्यहरुबाट स्थापना भएको यस सहकारीमा हाल २ हजार ६ जना शेयर सदस्यहरु रहेका छन् ।