डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते

Image
maya metro

डोटी – डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

धनगढीबाट दिपायल जाँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायल सिलगढी नगरपालिका-४​ मा शुक्रबार बिहान ५ बजेतिर दुर्घटना भएको हो।

nisarga

घाइतेहरुको राजपुरस्थीत सुजङ अस्पतालमा उपचार भईरहेको र घाइतेहरुको अवस्था खतरामुत्त रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भीमलाल भट्टराईले बताएका छन् ।

बस खस्दा दुई जना स्थानीयको घरमा पनि क्षति भएको प्रहरीले जनाएको छ ।