बाजुरा – बाजुरा बडीमालिका नगरपालिका ६ जडाङ्गामा करेन्ट लागेर २ जना घाइते भएका छन् ।
गाउँमा उत्पादन गरिएको कोर्धाली गाड लघुजलविद्यतु आयोजनाको तार मर्मतका लागि पोलमा चढ्नेक्रममा २ जना घाइते भएको प्रहरी निरीक्षक दिलिप गिरीले जानकारी दिए ।
घाइते हुनेमा बडीमालिका ६ कोर्धका वर्ष २९ का रुपक बडुवाल र बडीमालिका ४ रिलाका २८ वर्षका राजेन्द्र नाथ रहेका छन् ।
घाइते मध्ये बडुवाको अवस्था गम्भीर रहेको जनाइएको छ । भने नाथको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।
केन्द्रीय प्रशारण लाइनसँगै तार जोडिएको पोलमा चढेपछि करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ । विहान साढे ८ बजेतिर करेन्ट लागेको हो ।
कोर्धाली गार्ड र केन्द्रीय प्रशारण लाइनको पोल पनि नजिक र तारपनि एकअर्काबीच छोएको अवस्थामा रहेको छ ।
नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रलाई समेत कुनै जानकारी नगराई पोलमा चढेको देखिएको छ ।
जघुजलविद्युत आयोजनाको विद्यतु अफ भएपनि केन्द्रीय प्रशारण लाइनको विद्युत बन्द नभएकै अवस्थामा पोलमा चढेपछि करेन्ट लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।