bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

डोटीमा वृद्धको हत्या अभियोगमा कैलालीबाट एक युवक पक्राउ,धनगढीमा कुटपिट गर्दै लुटपाट गरेर भागेका थिए

padma
milan sunchadi

धनगढी – डोटीमा घरको कोठाभित्र मृत अवस्थामा फेला परेका वृद्धको हत्या अभियोगमा कैलालीबाट एक युवकलाई पक्राउ गरिएको छ । दिपायल सिलगढी नगरपालिका–६ सिलगढी बस्ने ७५ वर्षीया कालुसिंह बिष्ट गत बिहीबार घरको कोठामा मृत अवस्थामा फेला परेका थिए ।

उनै बिष्टको हत्या गरेको अभियोगमा सिलगढीकै २२ वर्षीय सरोबर श्रेष्ठलाई शनिबार कैलालीबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा श्रेष्ठलाई धनगढीबाट पक्राउ गरिएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भीमलाल भट्टराईले जानकारी दिए ।

श्रेष्ठविरुद्ध मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको उनले बताए । उनकाअनुसार श्रेष्ठले बयानका क्रममा बिष्टको हत्या गरेको कुरा स्वीकार समेत गरेका छन । अदालतबाट ८ दिनको म्याद थप गरेर श्रेष्ठमाथि अनुसन्धान भइरहेको छ ।

Siddi ganesh

चरेस नदिएपछि हत्या

श्रेष्ठले चरेस नदिएपछि बिष्टको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । सानै उमेरदेखि चरेस खाने बानी परेका श्रेष्ठ बिष्टसँग चरेस रहेको थाहा पाएपछि उनको घरमा पुगेका थिए ।

‘उहाँ (मृतक) लाई मैले ५/६ चुरोटका लागि पुग्नेगरि चरेस दिनुहोस् भनेको थिए । पहिले पैँसा देउ भन्नुभयो,’ उनको बयान उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘होइन भने म प्रहरी बोलाउँछु भनेको थिए । त्यही बेला उहाँले मलाई लाठीले हान्नुभयो । रिस उठेर मैले पनि घाँटीमा हिर्काएर ढालेको थिए ।’

घाँटीमा मुक्काले प्रहार गर्दै ढलेपछि लात्ताले कुटपिट गर्दागर्दै बृद्धको मृत्यु भएको श्रेष्ठले बताएका छन् । त्यसपछि बिष्टको कोठा बाहिरबाट ताल्चा लगाएर भागेर कैलाली आएको बयान श्रेष्ठले दिएका छन् ।

 उनीमाथि डोटीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएकाले अनुसन्धानपछि धेरै कुरा खुल्ने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी भएकाले धेरै कुरा खुलाउन नमिल्ने बताउँदै एसपी बिष्टले श्रेष्ठले दुवै अभियोग भने स्वीकार गरिसकेको बताए ।

धनगढीमा कुटपिट गरेर डोटीमा हत्या

लागुऔषध प्रयोगकर्ता समेत रहेका श्रेष्ठले धनगढीमा एक जनालाई कुटपिट गरेपछि डोटी पुगेर हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले गत ११ भदौको राति धनगढीको उत्तरबेहडीमा सडकमा ढलेको अवस्थामा बेहोस भेटिएका भजनी नगरपालिका– १ का ३५ वर्षीय लालबहादुर चौधरीको उद्दार गरेको थियो ।

अनुसन्धानका क्रममा चौधरीलाई श्रेष्ठसहितका दुई जनाले सडकमा हिडिरहेको बेला कुटपिट गरि लुटपाट गरेर भागेको पाइएको थियो । चौधरीलाई बेहोस् बनाएर मोबाइल लुटेर भागेका थिए । सोही मोबाइलका आधारमा कैलाली प्रहरीले श्रेष्ठको खोजी गरिरहेको थियो । त्यही बेला डोटी प्रहरीले समेत बृद्धको हत्या भएको घटनामा अनुसन्धानमा सघाउन अनुरोध गरेको थियो । त्यस क्रममा डोटी प्रहरीले उपलब्ध गराएको विवरण कैलाली प्रहरीको खोजीको सूचनामा रहेका श्रेष्ठसँग मिलेको थियो ।

त्यसपछि प्रहरीले उनको खोजीमा थप सक्रियता जनाएको थियो । तर, जब श्रेष्ठले प्रयोग गरिरहेको चौधरीको मोबाइल अफ गरेपछि भने प्रहरीलाई चुनौती थपिएको थियो । शंकास्पद सबै ठाउँमा प्रहरी परिचालन गरिएको थियो । शनिबार राति भने उनी सेती प्रादेशिक अस्पतालभित्र सुतिरहेको अवस्थामा पक्राउ परेका थिए ।

कैलाली प्रहरीकाअनुसार अहिले पनि बेहोस् अवस्थामा उपचाररत रहेका चौधरीलाई कुटपिट र डोटीमा बिष्टको हत्या आफैले गरेको कुरा श्रेष्ठले स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले श्रेष्ठलाई आइतबार डोटी पठाइएको बताए ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.