पश्चिम सेतीले गर्यो सर्तकता तह पार,सतर्कता अपनाउन अनुरोध

Image
maya metro

दिपायल – दिपायलस्थित पश्चिम सेती नदीले शुक्रबार बिहान सर्तकता तह पार गरेको छ । डोटीस्थित बाढी मापन केन्द्रमा पश्चिम सेतीको जलसतह सर्तकता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । पश्चिम सेतीको कर्णाली दोभानसम्मको तटीय क्षेत्रमा आज साँझ ७ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

nisarga

“भदौ २८, बिहान ८ः३० बजे । पश्चिम सेती नदी दिपायल, डोटीस्थित बाढी मापन केन्द्रमा जलसतह सर्तकता तह पार गरेको र बढ्दो रहेकोले पश्चिम सेतीको कर्णाली दोभानसम्मको तटीय क्षेत्रमा रहनुहुनेहरूले आज साँझ ७ बजेसम्म उच्च सतर्कता अपनाउनहुन अनुरोध छ,” विभागको सूचनामा उल्लेख छ ।