bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

बैतडीमा तीनदिनदेखि विद्युत सेवा बन्द, लगातारको वर्षाले खुलाउन दिएन

padma
milan sunchadi

बैतडी – वर्षा र चट्याङका कारण बैतडीमा ३ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ। बुधवारदेखि अवरुद्ध भएको विद्युत सेवा अझै नियमित हुन सकेको छैन।

यहाँस्थित ३३ र ११ केभी प्रशारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएको हो। विद्युत सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ। नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् भने विद्युतीय उपकरण चलाउन पनि सकस भएको छ।

विद्युत नहुँदा अन्धकारमा बस्न बाध्य हुनुपरेको दोगडाकेदार गाउँपालिका-३ श्रीकोटका गणेश विष्टले बताए। उनले भने, ‘बिजुलीबत्ती नहुँदा अन्धकारमा बस्नुपरेको छ, मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ। चार्ज नहुँदा सञ्चारविहीन हुनुपरेको छ।’

Siddi ganesh

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलका अनुसार विद्युत सेवा नियमित गराउन लगातारको वर्षाले समस्या भएको बताए। उनले थपे, ‘लाइनमा आएको समस्या केही हदसम्म समाधान भएको छ, अब मुख्य फिडरबाट लाइन चलिरहेको छैन्। लगातारको वर्षाले नियमित विद्युत सेवा सञ्चालन गर्न समस्या भएको छ।’

बुधवार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले शनिवारसम्म वर्षा हुने जनाउँदै बैतडीसहित सुदूरपश्चिमका ६ जिल्ला रेड जोडमा राखेको छ। लगातार वर्षा भइरहेकोले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरेका छन्।

उनले भने, ‘यहाँ दुई दिनदेखि लगातार वर्षा भइरहेको छ। मौसम पुर्वानुमान महाशाखाले बैतडीलाई रेड जोडमा राखेको छ। सबैलाई सतर्कता अपनाउन आग्रह छ।’

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.