सुदूरपश्चिमको बजेट बहुमतले पारित

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ।

भदौ ३१ गते प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट बहुमतले पारित भएको हो।

nisarga

छलफलका क्रममा बजेटमा सत्तारूढ दलकै प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका थिए।

तर आइतबार भने बजेट बहुमतले पारित भएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले विपक्षमा मतदान गरेका थिए।