bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

स्वरोजगार विकास कोषमार्फत सुदूरपश्चिममा तीन हजार व्यक्ति स्वरोजगार

padma
milan sunchadi

अत्तरिया  – सुदूरपश्चिम प्रदेशको स्वरोजगार विकास कोषले करिब तीन हजार स्वरोजगारी सिर्जना गरेकोे छ । कोषले आर्थिक वर्ष २०७९ को पुष महिनाबाट कोषको लक्षित समूहका व्यक्तिहरुलाई सहुलियत दरमा कर्जा प्रवाह गर्न सुरु गरेको थियो । सो समयदेखी आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा उद्यम गर्न चाहेर पनि पुँजी अभावले नसकेका व्यक्तिलाई कोषले सहकारीमार्फत करिब ४६ करोड ६८ लाख ७५ हजार रूपैयाँ लगानी गरेर दुई हजार नौ सय १६ स्वरोजगारी सिर्जना गरिएको स्वरोजगार विकास कोषका उप–कार्यकारी निर्देशक एवम् सूचना अधिकारी पविन्द्र शाहिले बताएका छन् ।

ती मध्य ४६२ जना सुरुको वर्ष नै स्वरोजगार बनेका हुन् भने दुई हजार चार सय ५४ जना गत आर्थिक वर्ष २०८०/८१ मा स्वरोजगार बनेका हुन् । स्वरोजगार बनेका एक हजार तीन सय ९८ जनाले व्यवासायीक खेती गरेको शाहिले बताए । उनीहरुले उखु खेती, केरा खेती,किवी खेती, च्याउ खेती, ड्रागनफ्रुट खेती,तरकारी खेती, कुखुरा पालन,बंगुर पालन,गाईभैसी पालन लगायतका कार्य गरेका छन् । त्यस्तै दुई सय १६ जनाले इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स सम्बन्धि व्यवसाय गरेका छन् ।

उनीहरुले अटोरिक्सा सञ्चालन,बिजुली पसल,कम्प्युटर मर्मत पसल,जीप ग्यारेज,घडी पसल लगायतका कार्य गरिरहेको शाहीले बताए । त्यस्तै दुई सय २८ जनाले साना तथा घरेलु व्यवसाय गरिरहेका छन् । उनीहरु तरकारी पसल,अनाज खरिद बिक्रि,ग्रील उद्योग,श्रृगार पसल,भेटनरी पसल लगायतका कार्यलाई निरन्तरता दिईरहेका छन् । ११ जनाले परम्परागत सिप र स्थानीय श्रोत साधनको उपयोग हुने गरि अगरबत्ति बनाउने,आफर सञ्चालन,वेत बाँस फर्निचर,डकर्मी लगायतका व्यवसाय गरिरहेका छन् भने एक हजार ६३ जना स्थानीय बजारमा प्रचलनमा रहेका एग्रोभेट,तारजाली उद्योग,फलफुल,मासु,श्रृगार पसल लगायतका व्यवसाय गर्दै आइरहेका छन् ।

Siddi ganesh

थोक कर्जाका लागि एक सय ९८ सहकारीले आवेदन दिएकोमा एक सय वटा सहकारी स्वीकृत भएका थिए । कोषका सूचना अधिकारी शाहीका अनुसार गत आर्थिक वर्ष २०८०÷/८१ मा कर्जा प्रवाहका लागि ८५ वटा सहकारीसंग सम्झौता भएको थियो । सदुूरपश्चिम प्रदेशका नौ वटै जिल्लाहरु कार्यक्षेत्र रहेको यस कोषको मुख्य कार्य कोषको लक्षित समूहका व्यक्तिहरुलाई बिना धितो सहुलियत दरमा कर्जा प्रदान गरेर उद्यमशिलता सम्बन्धि तालिम प्रदान गर्ने रहेको छ ।

वैदेशिक रोजगारमा जाने जनशक्तिहरुलाई स्वदेशमै स्वरोजगारमूलक क्रियाकलापमा संलग्न गराउन, उद्यमशिलता विकास गर्न एवम् पुँजीको अभाव भई लगानीको स्रोत अपगु भएका बेरोजगार नागरिकलाई नागरिकता र शैक्षिक प्रमाणपत्र धितो राखी न्युन ब्याजदरमा ऋण प्रवाह गरी आवश्यक पुँजी व्यवस्थापन गर्न आर्थिक वर्ष २०७५/७६ मा कोषको स्थापना भएको थियो । सुदूरपश्चिममा भने २०७७ सालमा कैलालीको धनगढीमा कार्यालय स्थापना भएको थियो भने २०७९/८० बाट मात्रै थोक कर्जा प्रवाह सुरु गरेको थियो ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.