अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको साना किसान कृषि सहकारी संस्था श्रीपुरको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
वडा नम्बर ८ का वडा अध्यक्ष गोबिन्द चौधरीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
सेयर धनी,बचतकर्ताहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधि उपस्थित रहेको सभामा संस्थाको गत वर्षको आय–व्यय प्रस्तुत गरिएको थियो ।