धनगढी – धनगढीमा संचालन भईरहेकाे सुदूरपश्चिम महाेत्सवकाे अवधि ४ दिन थप गरिएकाे छ ।
मंसिर २२ गतेबाट सुरु भएकाे सुदूरपश्चिम महाेत्सव पुस २ गते सकिने भएपनि दर्शककाे मागलाई मध्यनजर गर्दै पुस ६ गते सम्म थप गरिएकाे महाेत्सव सचिवालयले जनाएकाे छ ।
महाेत्सव आयाेजक कैलाली उद्दाेग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले दर्शककाे मागलाई मध्यनजर गर्दै ४ दिन थप गरिएकाे बताए । उनले ४ दिन थप गरेर पुस ६ गते शनिबार समापन गरिने जानकारी दिए ।
हरेक बर्ष यसै समयमा संचालन भईरहेकाे महाेत्सवले यश क्षेत्रकाे आर्थिक गतिबिधी चलायमान भईरहेकाे छ ।