सुदूरपश्चिमका डिआइजी केसीको सरुवा, चन्दले सम्हाले कमाण्ड

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीको सरुवा भएको छ।

उनको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय नक्सालमा सरुवा भएको हो।

nisarga

उनलाई निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले मायाको चिनो दिएर बिदाइ गरेका छन्।

यस्तै उनको स्थानमा आएका डीआईजी गणेश चन्दले सोमबारबाट कमाण्ड सम्हालेका छन्।

काठमाडौंबाट धनगढी आएका उनले पदभार ग्रहण गर्दै कमाण्ड सम्हालेका हुन्। चन्द सुदूरपश्चिमका स्थानीयसमेत हुन्।

हालै डीआईजीमा बढुवा भएका चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी पठाइएको छ।