एकीकृत समाजवादीको सुदूरपश्चिम इन्चार्जमा भानुभक्त जोशी नियुक्त

Image

धनगढी – एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेश इन्चार्जमा भानुभक्त जोशी नियुक्त भएका छन्।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पार्टी उपाध्यक्षसमेत रहेका जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो।

महाधिवेशनको ६ महिनापछि एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गरेको छ। अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय पनि गठन गरिएको छ।