अत्तरिया उद्योग वाणिज्य संघलाई गतिदिन विधानबमोजिम जान सुझाव

Image

अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरालाई विधानबमोजिम सदस्य  मनोनीत गर्न सुझाव दिइएको छ ।

सिमितिका ११ जनाले सामूहिक राजीनामा दिएपछि अध्यक्ष बोहराले आज सल्लाहकारहरुसंग छलफल कार्यक्रम राखेका थिए ।

छलफलमा उपस्थित सल्लाहकारहरुले संघलाई गतिदिन विधानबमोजिम सदस्य  मनोनीत गर्न सुझाव दिएका हुन् । संघका संस्थापक उपाध्यक्ष एवम् संघका सल्लाहकार नैनसिंह कार्कीले राजीनामा विकल्प नभएको बताउँदै संस्थालाई अघि बढाउन कार्यसमिति आवस्यक रहेको बताए ।

राजीनामा दिने पदाधिकारीहरुले व्यवसायीसंग छलफल नगरी आफुखुसी राजीनामा गरेर राम्रो नगरेको बताए । त्यस्तै संघ सल्लाहकार धर्मसिंह कुवरले पनि विधानबमोजिम अघि बढ्न सुझाव दिए ।

अर्का सल्लाहकार तेज खड्काले प्रादेशिक महोत्सव अत्तरियाको पहिचान भएकोले चाँडो मनोनयन गरि महोत्सवको तयारी गर्नुपर्ने बताए । त्यस्तै धनादेवि चोखालले पनि विधानबमोजिम अघि बढ्ने बताइन् ।

संघको विधान २०७१ को परिच्छेद ४ को दफा ५ बमोजिम अध्यक्षले रिक्त पदमा सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । छलफलमा बोल्नेहरुले विधानमबोजिम अगाडि बढ्न अध्यक्षलाई आग्रह गरेका छन् ।