अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

Image

अत्तरिया – कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

शुक्रबार दिउँसो गोदावरी नगरपालिका–२ अत्तरियास्थित पहाड रोडबाट चुरे गाउँपालिका–५ का २४ वर्षीय यज्ञप्रसाद कँडेल लागुऔषधसहित पक्राउ परेका हुन्।

१ ग्राम ६६० मिलिग्राम लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।