अत्तरिया हस्पिटलमा सिटीस्क्यान सेवा सञ्चालन

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटलमा सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ ।

सिटीस्क्यान सेवाको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले शनीबार एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले यस क्षेत्रका नागरिकले सहजरुपमा सिटीस्क्यान सेवा पाउने बताए ।

स्वास्थ्यमा निजि क्षेत्रमा भूमिका महत्वपूर्ण रहेको भन्दै उनले अत्तरिया सुदूरपश्चिम प्रदेशकै केन्द्रविन्दु पनि भएकोले सिटीस्क्यान सेवा प्रभावकारी हुने बताए ।

अस्पतालका अध्यक्ष डाक्टर आनन्द पाठकले अस्पतालले छिटै एमआरआई सेवा पनि भित्राउने तयारी गरेको बताए ।