गोदावरी होटेल व्यवसायी संघको ७ औं वार्षिक साधारण सभा सम्पन्न

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको गोदावरी होटेल व्यवसायी संघको ७ औं वार्षीक साधारण सभा सम्पन्न भएको छ ।

संघका अध्यक्ष लक्ष्मण धामीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संघका उपाध्यक्ष बिरमनजंग बटाला रहेका थिए । यस्तै बवशिस्ट अतिथी संघकि केन्द्रिय उपाध्यक्ष धना चोखाल ररहेकी थिईन् ।

कार्यक्रममा होटेल व्यवसायी महासंघका सचिव कलम बम , प्रदेश महासचिव तेज बहादुर बोहरा , कैलाली होटेल व्यवसायी संघका अध्यक्ष केशब पाण्डे लगाएत यस क्षेत्रका होटेल व्यवसायीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा महासचिव र कोषाध्यक्षको सांगठनिक र आर्थिक प्रतिबेदन पेश गरिएको थियो । संस्थाको कोषाध्यक्ष को प्रतिबेदनमा उल्लेख्य भए अनुसार संस्थाको खातमा मौज्दात २ लाख ३५ हजार ३ सय ५५ रहेको छ ।

संस्थाले नवीकरण , दर्ता र अन्य स्रोतबाट ४ लाख ४३ हजार ८ सय आम्दानी गरेको थियो । संस्थामा झन्डै ३ सय ४४ होटेल ब्यबसायी आवद्द रहेका छन् ।

कार्यक्रममा स्वागत मनतब्य संघकि उपाध्यक्ष बिष्ना बोहराले राखेकी थिईन् भने महासचिव रबिन्द्र खड्काले कार्यक्रम संचालन गरेका थिए ।